वायु सेवा निगमले माग्यो १७१ कर्मचारी



फागुन,१० काठमाडौं । नेपाल वायु सेवा निगमले विभिन्न पदमा एकैपटक १ सय ७१ जना कर्मचारी माग गरेको छ । सिनियर क्याप्टेनदेखि ग्राउण्ड इक्युप्मेन्ट अपरेटरसम्मका रिक्त पदपूर्तिका लागि निगमले शुक्रबार खुला विज्ञापन आह्वान गरेको हो ।

निगमले सबैभन्दा बढी वरिष्ठ सहायकमा ३४ जना कर्मचारी माग गरेको छ । त्यस्तै, सहायकमा १८ र जुनियर क्याप्टेनमा १५ जना कर्मचारी माग गरिएको छ । पाइलट अभाव झेल्दै आएको निगमले तह नौको सिनियर क्याप्टेन १३ जनाका लागि विज्ञापन आह्वान गरेको छ ।
निगमले दरखास्तका लागि आह्वान गर्दै फागुन १० गतेबाट २१ दिनको म्याद दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्