फेन्सी पसलमा आगलागि हुदा लाखौको क्षति



बुटवल । बुटवलको मुख्य व्यापारिक केन्द्र अमरपथमा गएराति आगलागी भएको छ । विन्ध्यावासिनी फेन्सी पसलमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।

आगलागीबाट आगलागीबाट पसल तथा घरमा रहेका सामानहरु जलेका छन् भने प्रभु बैंकको एटीएम मेसिनमा पनि क्षति पुगेको छ । तर एटिएम मेसिनमा भएको नगद भने सुरक्षित नै छ ।प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले आगलागीबाट लाखौंको क्षति भए पनि यकिन भइनसकेको बताए । राति १० बजेबाट शुरु भएको आगलागी ५ दमकलको सहायताले दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्