आजको विदेशी विनिमयदर – कुन देशको कति छ ?



काठमाडौँ । साताको तेस्रो दिन आज मंगलबार अमेरिकी डलर सहित प्राय सबै देशको मूल्य ओरालो लागेका छ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ २७ पैसा छ भने बिक्रिदर मूल्य १ सय १३ रुपैयाँ ८७ पैसा रहेको छ।

त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ १९ पैसा रहेको छ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९९ पैसा छ।

त्यस्तै यूके पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १४८ रुपैयाँ ८९ पैसा छ।

त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३६ पैसा छ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ। युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३७३ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३७५ रुपैयाँ १८ पैसा रहेको छ।

आज बहराईन दिनार एकको खरिददर ३०० रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३०२ रुपैयाँ ४ पैसा रहेको छ।

तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्