विदेशी मुद्राको भाउ थाहा पाउनुहोस् ?



काठमाण्डौ – साताको अन्तिम दिन आज अमेरिकी डलरसहित सबै विदशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४६ पैसा तोकेको छ । बिहीबार खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुपैयाँ २६ पैसा तोकेको थियो । यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २५ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा थियो ।

आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा तोकिएको छ । हिजो खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा थियो।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७३ पैसा र बिक्रीदर ३० रुपैयाँ ८९ पैसा छ । बिहीबार खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ७५ पैसा र बिक्रीदर २७ रुपैयाँ ९० पैसा छ । हिजो खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २८ रुपैयाँ १० पैसा थियो ।

यस्तै आज शुक्रबार कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ९६ पैसा तोकिएको छ । हिजो कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ६० पैसा तोकिएको थियो ।

आज बहराइन दिनार १ को खरिददर २ सय ९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३०० रुपैयाँ ९५ पैसा छ । हिजो खरिददर ३ सय १ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ०८ पैसा रहेको थियो ।

शुक्रबार कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा रहेको छ । बिहीबार वन एक सयको खरिददर १० रुपैयाँ १६ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्