शान्तिनगरमा आपतकालिन व्यबस्थापन कार्यक्रम



सैघाली खबर।
दाङ। ४ भदौ।
शान्तिनगर गाउपालिका ६ मा आपतकालिन समस्या व्यबस्थापन कार्यक्रम भएको छ । शान्तिनगर गाउपालिकाले बाढी प्रभाबित एबं अबिरल बर्षाका कारण हुने जोखीम न्युनिकरणका लागि कार्यक्रमको आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाईटी दाङको सहयोगमा कार्यक्रम भएको हो ।

अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षतामा स्थानीय ७० बर्षीया आईती केसीलाई औषधी बितरण गरि कार्यक्रमको उदघाटन गरिएको थियो । त्यस अबशरमा डा. तुसार कँवर र बिलोक मिश्रले करिब तीन सय जनाको स्वास्थ्य जाँच गरिएको थियो । जाँच गरिएका मध्य ५० प्रतिसतमा भाईरलका बिरामी भेटिएका थिए ।

गाउपालिकाका स्वास्थ्य संयोजक हरि बहादुर पुनको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । कार्यक्रमको सहजीकरण गाउपालिकाका कार्यकारी अधिकृत बिष्म कुमार मल्लले गरेको नेपाल रेडक्रस सोसाईटीका समिर रेग्मीले जानकारी दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्