धारपानी महायज्ञ –  १ करोड २६ लाख दान संकलन



दाङ । विश्वकै अग्लो त्रिशुल रहेको धारपानी मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले जारी महायज्ञमा दानगर्ने दाताहरु बढिरहेका छन् । महायज्ञको छैठौ दिन मात्रै १ करोड २६ लाख दान संकलन भएको छ । धारपानी धामको प्रचारप्रसार गर्ने उदेश्यले आयोजना गरीएको महायज्ञमा अहिलेसम्म २ करोड ९० लाख दान संकलन भएको पनि आयोजकले जनाएको छ । महायज्ञको पाँचौ दिन घोराही उप महानगरपालीका १५ निवासी चन्द्रराज पन्तले ५३ लाख बरावरको जग्गा दान गरेका छन् । नागरीक समाज दाङका अध्यक्ष तथा महायज्ञ आयोजक समितिका उप निर्देशक समेत रहेका पन्तले घोराही वजारको जग्गा दान गरेका हुन् । अहिले सम्म सवैभन्दा बढि रकम दान गर्ने दाताको रुपमा पन्त रहेका छन् ।


त्यस्तै घोराही उप महानगरपालीका १५ भरतपुर निवासी शंकर गौतमले ६ लाख १ हजार १ सय ११ रुपैया दान गरेका छन् । गौतम धारपानी मन्दिर ब्यवस्थापन समितिका उपाध्यक्ष समेत हुन् । त्यस्तै बालाराम बुढाले पनि ८ लाख ४५ हजार ५ रुपैया दान गरेका छन् । घोराही १५ का टेकनाथ आचार्यले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया दान गरेका छन् । आचार्य मन्दिर व्यवस्थापन समितिका सदस्य तथत महायज्ञ सुरक्षा उप समितिका संयोजक समेत हुन् । त्यस्तै घोराही १५ का ईश्वर पुनले ३ लाख ११ हजार १ सय ११, स्वर्गिय खिमकुमारी न्यौपानेको स्मृतिमा २ लाख ५५ हजार ५ सय ५५ रुपैया दान भएको छ ।

त्यसैगरी घोराही १८ का गणेश अधिकारीले ५१ हजार १ सय ५, घोराही १५ का बमबहादुर डाँगीले ५१ हजार ५, घोराही १५ का माधव पन्थिले ५१ हजार १ सय ११, घोराही १७ गुलरीयाका माधव प्रसाद शर्माले ५५ हजार ५ सय ५५, घोराही १५ का जीवराज पाण्डेले ५१ हजार १ सय ५५, घोराही १८का रिखादेवी पौडेलले ५५ हजार ५ सय ५५, तुलसीपुर १८ का भिष्मबहादुर केसीले १ लाख ५१ हजार २सय २५, घोराही १७का यज्ञबहादुर वस्नेतले ५१ हजार १ सय ११, घोराही ५ कि राधा नेपालीले ५१ हजार १ सय ५१, घोराही १० का प्रेमबहादुर डाँगीले १ लाख १ हजार १ सय १५, घोराही ६ का गुरुप्रसाद शर्मा खनालले ५५ हजार ५ सय ५५, गढवा गाउँपालीकाका शंकरनाथ योगीले १ लाख १ सय ५५, घोराही ६ का घनश्याम पन्तले ५१ हजार १ सय ५५, घोराही ४ की जमुना घिमिरेले ५१ हजार ५ सय ५५ रुपैया दान गरेका छन् ।

त्यस्तै घोराही १५ का माधव धितालले ५१ हजार ५ सय ५५, घोराही ६ का बालकराम बुढाथोकीले ५१ हजार १ सय ५१, घोराही १५ का जीवराज पाण्डेले ५१ हजार १ सय ५५, घोराही १८ कि बशुन्धरा गौतमले १ लाख १ सय १५, घोराही ६ का पुष्पराज आचार्यले १ लाख ५५, घोराही ६ का मुकुन्द शर्मा अधिकारीले ५१ हजार १ सय ११, घोराही ५ कि लक्ष्मि आलेले ५१ हजार ५५, घोराही १२ का शिवकुमार गौतमले ५५ हजार ५ सय ५५, घोराही १६ का जयकुमारी बस्नेतले ६६ हजार, घोराही १८ का सावित्रा बेल्वासेले ५१ हजार २५, घोराही १७ का शंकर गौतमले ५१ हजार १ सय १५ र घोराही ६का बामदेव शर्माले ५१ हजार १ सय ११ रुपैया दान गरेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्