पतंजली योग दाङको तिज विशेष कार्यक्रम



सैघाली खबर,
  दाङ,५ भदौ।
पतंजली योग समिति दाङले नारीहरुको महानपर्व हरितालिका पतंजली तिज विशेष विचार ,नृत्य तथा दरखाने कार्यक्रम गरेको छ । पतंजली योग जिल्ला महिला प्रभारी लक्ष्मी वली जिसिको अध्यक्षता ,राप्ती अञ्चल प्रभारी देवराज आचार्यको प्रमुख आतिथ्य, समाजसेवी प्रह्लाद शाह विशिष्ट अतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा यमुना शाह , सन्तोष शर्मा ,शम्भु गिरी लगायतको सहभागीता रहेको थियो । चाडपर्व मनाउने नाममा हुने विकृति लाई निरुत्साहित गर्न कसरी सकिन्छ, पश्चिमा तथा अन्य मुलुकका छाडा संस्कृतिको नकारात्मक प्रभाव पर्न नदिन हाम्रो दायित्व के ? जस्ता सवाल हरु राख्दै चिन्ता तथा समाधानका उपाय वक्ताहरुले व्यक्त गरेका थिए ।

पतंजली योग राप्ती अञ्चल प्रभारी तथा कार्यक्रमका प्रमुख अतिथि देवराज आचार्यले हाम्रा ऋषिमुनि हरुले थालेका बैज्ञानिक तथ्यमा आधारित तिथि चाडपर्व हरुमा भित्रिए विकृति लाई निरुत्साहित गर्न एक दिनको पर्वलाई सिकाइको रुपमा व्यवहारमा लागू गरेमा पर्व मनाउनु औचित्यपूर्ण हुने बताए ।

यमुना शाह ,बामदेव धिताल ,शन्तोस शर्मा ,पतंजली योग दाङका युवा प्रभारी दिपक बस्याल ,जिल्ला कोषाध्यक्ष शिवकुमार आचार्य ,सचीव श्रीराम चौधरी दहित,महिला जिल्ला प्रभारी लक्ष्मी वली९जिसि०र राप्ती अञ्चल प्रभारी देवराज आचार्य लगायतका वक्ता हरुले आआफ्ना विचार व्यक्त गरेका थिए ।
संस्कृतिमा विकृति आउँदा चाडपर्व देखावटी ,भड्किलो भएको भन्दै व्यङ्ग्यत्मक शैलीमा विचार राख्दै क्षमता अनुसार चाडपर्व मनाउन सुझाब दिएका थिए ।

जिल्ला युवा प्रभारी दिपक बस्यालले चाडपर्व भड्किलो रूपमा नमनाऔँ भन्ने सन्देश हामी योग साधकले दिनुपर्ने बताए ।
त्यसैगरी पतंजली योग दाङका सचीव श्रीराम चौधरी दहितले संस्कृति रहे मानव सभ्यता सहज, सुखी ,खुसी र शान्तमय दैनिकि जिउन हाम्रा पुर्वज हरुले परम्परा चाडपर्वको थालनी आदिकाल देखि गरेको भएता पनि हाम्रो संस्कृतिमा केहि विकृति प्रवेश गर्दा पश्चिमी छाडा संस्कृति भित्रिएर डर लाग्दो परिस्थिति लाई न्यूनीकरण गर्न आफ्नो आर्थिक र शारीरिक अवस्था लाई ख्याल गर्दै व्रत ,आहारविहार ,कपडा गरगहना लगायतका प्रयोग गर्नुपर्ने बताएका थिए ।
कार्यक्रमको सहजीकरण पतंजली योग समिति दाङका महासचिव विनोदकुमार चौधरीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्