‘नारी दिवस सम्भ्रान्तको होइन श्रमिक महिलाको उत्सव बन्नु पर्छ’



समीक्षा गाहा ।
संसारभरिका श्रमिक महिलाहरुको विशेष उत्सवको दिन आज १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहदाँ कुनै खुसियालीको उत्सव नभएर उत्पीडित महिलाहरुको लैंगिक विभेद विरुद्धको एक आवाज हो, एक संघर्ष होे ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ ।

दिवस कै अवसरमा सरकारले आज सार्वजनिक विदा समेत दिएको छ भने देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले आज ¥याली, गोष्ठी तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरेका छन ।

त्यस्ता गोष्ठी र सेमिनारमा पहुँचवालाहरु नै महिला र श्रमको ओकालत गरेपनि वास्तविक श्रमिक महिला सम्म दिवसको कुनै औचित्य देखिदैन ।
हरेक ८ मार्चमा मनाइने ‘अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा भने वि.सं. १९७५ देखि मनाइँदै आइएको छ ।

तर दिवस मनाइरहदाँ नेपाली महिलाहरुमा कति परिवर्तन भयो त ? के हामी कहिल्यै त्यसको बारेमा सोचेका छौं ? नारी दिवस मनाउँदैमा नारीमा परिवर्तन आउने हो त ?
प्रत्येक नारी दिवसमा एउटा–एउटा मुख्य विषयमा आधारित रहेर नाराहरु बनाइन्छ । प्रत्येक देशले आ–आफ्नै समसामयिक विषयहरुलाई समावेश गरी नाराहरु बनाउने गर्दछन । के ति बनाईएका नारा बास्तविक श्रमिक महिलालाई छुन सकेको छ त ? एक पटक सोँच विचार गर्ने हो कि !

यो पटकको १०९ औं नारी दिवस नेपालको लागि ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार ः समृद्धिको आधार’ भन्ने नाराका साथ मनाइदै छ ।
शहरका ठुला होटल र सभाहलमा भैरहेका गोष्ठी र सेमिनारमा कुनै वास्तविक श्रमिक महिलाको सहभागिता छ अथवा छैन । वास्तविकता हेर्ने हो भने ‘जस्को बिहा उसलाई नल्या’ भने जस्तो देखिन्छ ।

यी नाराहरु जे जस्तो राखिएता पनि नारी दिवस सम्भ्रान्तको होइन श्रमिक महिलाको उत्सव बन्नु पर्छ । यो दिवस आज नेपालीहरूले पनि देश तथा विदेशमा रहेर उत्साहपूर्वक मनाउँदै छन ।

र नारी दिबस मनाइरहदा नाराहरु बोलिरहदा साच्चीकै श्रममा रहेका दिदीबहिनीहरु कतिलाई त आज नारी दिवस हो भन्ने समेत अनबिज्ञ छन । जो एक सरो कपडा र एक छाक टार्नका लागी ज्यालादारी काम गरीरहेका छन ।

नत उनीहरुलाई नारी दिवस थाहा छ, न त उनीहरु सुकिला कपडा लगाएर भाषण गर्न नै जान्दछन ।
पिछडीएका दिदी बहिनीहरुका लागी आवाज बनेरको बोलीदिने ? जो वास्तविक श्रमिक छन उनीहरूलाई सास धान्नुसँग मात्रै सरोकार छ । आफ्नालाई दुईछाक पेटभरि खुवाउनु छ । कसैकसैलाई भने गाउँमा रहेका छोराछोरीलाई पढ्न किताबकापी किन्नु छ ।

महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले आज ¥याली, गोष्ठी तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरेका छन ।
त्यस्ता गोष्ठी र सेमिनारमा पहुँचवालाहरु नै महिला र श्रमको ओकालत गरेपनि वास्तविक श्रमिक महिला सम्म दिवसको कुनै औचित्य देखिदैन ।
साँझ विहानको छाक टार्न खोला किनारमा गिट्टी कुट्ने कुनै बृद्धालाई श्रमिक महिला दिवसले छुन सकेन । न त उनलाई यो दिवस वारे केही थाह नै छ, न कुनै अपेक्षा ।
नारामा सिमीत नारी दिवसले ज्यालादारी खाने दिदिबहिनीहरको भोको अनि त्यो च्यातिएको कपडा फेर्न सक्दैन । जब हामी नारी दिवस भाषणमा मात्र सिमीत राख्छौ तब सम्म उत्पिडीत महिलाका आवाज कहिले पनि अगाडी बुलन्द भएर आउन सक्दैन । उनीहरु त्यहि ज्यालादारीमै सिमीत हुन्छन । उनीहरुका आवाज कस्ले बोलीदिने ? नारी दिवस सम्भ्रान्तको होइन श्रमिक महिलाको उत्सव बन्नु पर्छ ।

नारी दिवस मनाईरहदाँ श्रमिक महिलाको जिबन कथा र अहिलेको नारी दिवसमा कति भिन्नता छ बुझ्न जरुरी छ । बुझ्न जरुरी छ, बोल्दा र परीश्रम गर्दाको फरक !
महिला दिवस कुनै चाडपर्व वा सम्भ्रान्त महिलाहरुको जमघट हुने अवसर होइन । यो तीजजस्तो महिलाहरुको सांस्कृतिक पर्व पनि होइन । बरु यो त संसारभरका मेहनत गर्ने श्रमजीवी महिलाहरुले समानताको आवाज उठाउने दिन हो र, बन्न जरुरी छ ।

जसले श्रमको क्षेत्रमा बाँकी रहेका विभेदहरु पनि अन्त गर्नुपर्छ । जसले कार्यालय वा तलब ज्याला बाहेकको कामलाई ‘श्रम’का रूपमा स्वीकार नगरेको देखाउँछ । घरभित्र महिलाको श्रमको मूल्यांकन त गरिन्न नै, घर बाहिर पनि महिलाको कामलाई समाजले सामान्य रूपमा लिनसकेको छैन ।

महिलालाई घर भित्रको काम गरेर मात्रै पुग्दैन । घर भित्रको काम जसरी पनि सकेपछि महिलाका लागि कामको अर्को तह सुरु हुन्छ । गाउँघरमा खेतीपाती, वस्तुभाउको काम हुन्छ भने सहरमा ज्याला मजदुरी, कार्यालयको वा अरू काम होलान । घर बाहिरको कामलाई पनि नेपाली समाजले बिहान–बेलुका घर (धन्दा) सकेर मात्रै गर्ने कामको रूपमा लिने गरेको छ ।

अर्थात एउटै काम गर्ने महिला र पुरुषलाई हेर्ने परिवार र समाजको धारणा कति फरक छ भनेर यहिनेर फरक छ । घर चलाउने, कार्यालयमा काम गर्ने, विदेश गएर घरपरिवारमा योगदान गर्ने वा समग्रमा भन्नुपर्दा ‘पुरुषका नियन्त्रणमा रहेका क्षेत्रमा’ काम गर्ने महिलाको संख्या दिनदिनै बढ्दो छ । तर समाजमा रहेको महिला र महिलाले गर्ने श्रमलाई हेर्ने दृष्टिकोण फेरिएको छैन ।

महिलाको श्रमको व्याख्या, श्रमिक महिलाको परिभाषा निर्माण गर्दै महिलाको श्रमको मूल्य स्थापित गर्न सरकारी, व्यक्तिगत र कार्यकर्ताको तहबाट अहिले नेतृत्व तहमा भएका महिलाले नै नेतृत्वदायी भूमिका खेल्नु पर्छ ।

देशको अनुहार बदल्न हिँडेका मान्छेहरूले कार्यक्रमको ब्यानरमा राख्ने नाममा होइन, महिलाको हरेक श्रमको मूल्य स्थापित हुनेगरी काम गर्न सक्र्नु पर्छ । अनि मात्र साचिक्कै नारी दिवसताले सार्थकता पाउने छ, ‘नारी दिवस सम्भ्रान्तको मात्र होइन, श्रमिक महिलाको पनि उत्सव बन्ने छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्