आज – २५ फाल्गुण २०७५ शनिवारको राशिफल



मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनावश्यक ठाउँमा धन खर्च होला । सामान हराउने वा चोरी हुने सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । सन्तान सुख मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ कार्यको योजना बन्नेछ । धार्मिक यात्राको योगछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । प्रेममा मधुरता छाउनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्