​पढाईमा अब्बल बन्दै असहाय बालबालिका, कक्षाको दोस्रो बनिन् सीता



दिपक बोहरा
बिजौरी ६ भदौ 


रुकुम आठबिसकोट घर भएकी सीता नेपालीका बुवा बिदेश गएका थिए । लामो समयदेखि उनका बुवा घर नआएपछि उनकी आमा अर्कैसंग बिहे गरिन् । त्यस पछि सीता नेपालीको साहरा कोही भएन् । उनी आफन्तीको घरमा बस्दै आएकी थिईन् । आफन्तीको घरमा बस्दा उनलाई पढ्ने वतावरण सिर्जन भएन् र उनी पढन बिद्यालय जन पाईनन् ।

उनका आफन्तीले पनि बिद्यालय पठाएनन् । त्यसपछि उनी घरको काममा तल्लिन हुनुपर्ने बाध्यता सिर्जन भयो । उनलाई आफन्तीहरुले पनि घरमा राख्न चाहेनन् । त्यसपछि असहाय बालबालिकाको भबिष्य सुनिश्चित गर्न दाङको बिजौरीबाट सञ्चालनमा आएको असहाय बाल बिकास नेपालमा छोडिदिए । असहाय बाल बिकास नेपाल बिजौरी दाङमा आएपछि उनले नियमित बिद्यालय जान पाईन्, र अहिले बिद्यालयमा पनि उत्कृष्ठ नतिजा ल्याउन सफल भएकी छिन् । उनले घरकै जस्तो वातावरणमा साँझ बिहान पढन् पाएकी छिन, भने खानपान, आमाबुवाले दिए जस्तै माया पाएकी छिन् र बिद्यालयमा पनि नियमित जाने वातारण बनेको छ ।

पब्लिक ज्ञान ज्योतीमा अध्यापन गर्दै आएकी उनले पहिलो त्रैमासिक परिक्षामा उनले ९८.५ प्रतिसत अंक ल्याउन सफल भएकी छिन् । असहाय बाल बिकास नेपालको पहलमा पब्लिक ज्ञान ज्योती तुलसीपुरमा युकेजी मा अध्ययन गरिरहेकी उनले कक्षाकै दोस्रो स्थान हाँसिल गर्न सफल भएकी छिन् । ‘अहिले म कक्षाकै दोस्रो स्थान हाँसिल गर्न सफल भए’ उनले भनिन ‘मैले घर जस्तै वातारण, माया पाएर बिद्यालयमा पढ्न जान पाए त्यसैले पनि उत्कृष्ठ नतिजा ल्याउन सफल भए ।’

सानै उमेरमा आमा अर्कैसंग बिहे गएको र बुवा बिदेशबाट लामो समय सम्म पनि घर नआउँदा साने उमेरमा दुःख पाईन् । सानै उमेर देखी आमा बुवाको माया नपाएकी उनले बिद्यालय जान पाउँला भन्ने कल्पना पनि गरेकी थिइनन् । तर अहिले घरजस्तै वातारणमा लाउन, खान, पढन् र आमा वुवाको जस्तै माया पाउदा निकै खुसी भएको बताईन् ।

बाल बिकास नेपालले घर जस्तै वातावरण दिएर पालन पोषण र पठनपाठन गराएको अबशरमा राम्रोसंग पढेर भबिष्यमा शिक्षित व्यक्ति बन्ने उनको उद्देश्य रहेको बताईन् । ‘मैले बिद्यालय जान पाउला भन्ने कल्पना पनि गरेकी थिईन्, उनले भनिन् ‘अहिले यो संस्थाले मलाई बिद्यालय जाने अवसर जुराईदियो, त्यो अबशरमा अहिलो राम्रोसंग पढेर आफ्नो सुनौलो भबिष्य निर्माण गर्छु ।’

सायद उनी सानै उमेरदेखि दुःख, संघर्ष गर्दै आएर पनि होला उनले भबष्यिमा ठूलो मान्छे बनेर देशको सेवा गर्ने ईच्छा निर्धक्कसंग जाहेर गरिन् । उनको कोमल मनले अहिले सुन्दर भबिष्यको कल्पना गरिरहेको छ । असहाय तथा बेसाहारा बालबालिकाको लागि काम गर्ने यही संस्थाहरुले गर्दा अहिले कयौं बालबालिकाहरुको सुन्दर भबिष्य निर्माण गर्ने आधार तय भएको छ ।

कुनै समयमा सडकमा बरालिएर हिड्ने, खाना बस्नको निश्चित नभएका १४ जना बालबालिकाको भबिष्य निर्माणका लागि बिजौरीमा रहेको बाल बिकास नेपालले उनीहरुलाई खाने, बस्ने, पढाउने जिम्मेवारी लिईरहेको छ । उनीहरुको गुण्स्तरीय शिक्षाका लागि साँझ बिहान पढाउन दुई जना शिक्षकहरुको व्यबस्था गरेको छ । मासिक डेढ लाख भन्दा बढि खर्च गरेर उनीहरुलाई घरजस्तै वातावरण दिएर पालन पोषण गरिरहेको छ ।

यसरी आफ्नो मेहेनत गरे अनुसार बिद्यार्थीहरुले उत्कृष्ठ नतिजा ल्याउन सफल हँुदा आफू निकै खुसी भएको असाह्य बाल बिकास नेपाल बिजौरी दाङका अध्यक्ष बिष्णु चौधरीले बताए ।

उनले भने ‘मैले शुरुमै उनीहरुको नतिजा सन्ुदा हर्षका आँसु नै झरेका थिए ।’ त्यहाँ पालन पोषण गरिएका १४ जना बालबालिकाले नै अहिले ८० प्रतिशत भन्दा बढि नै अंक ल्याउन सफल भएका छन् । उनीहरुको त्रैमासिक परिक्षाको नतिजा आउँदा अध्यक्ष चौधरी काठमाडौं थिए । ‘उनीहरुको नतिजा आउदा म काठमाडौं थिए’ अध्यक्ष चौधरीले भने ‘त्यो नतिजा सुनेर कति बेला भेटेर खुसी साँटौ भन्ने आतुर भएको थिए ।’ उनले घरको आफ्नो छोरालाई जति माया गर्छन्, त्यतिकै माया ती बालबालिकालाई पनि गर्छन् ।

अध्यक्ष बिष्णु चौधरी काम बिशेषले केही दिनका लागि ती बालबालिका भन्दा बाहिर जानु पर्ने बाध्यता रह्यो भने पनि उनको मन सधै उनीहरुमै हुन्छ । ‘म केही काम बिशेषले बालबालिकालाई छोडेर केही दिनका लागि बाहिर जाने बाध्यता प¥यो भने पनि पनि मेरो मन उनीहरु तिरै हुन्छ’ अध्यक्ष चौधरीले भने ।’ भदौ ७ देखि ११ गते सम्म हुने माअ‍ोवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको अधिबेशनका लागि आफ् काठमाडांै जान पर्नु बाध्यता भएपछि ती बालबालिकालाई छोड्न मन नलागेको उनले बताए ।

यस अघि दुई कार्यकाल केन्द्रीय सदस्य भएका उनी अहिले अखिल क्रान्तिकारीको केन्द्रीय सचिबको दाबेदार पनि हुन् । उनले भने ‘अखिल क्रान्तिकारीको सम्मेलनमा काठमडौ जानु छ, तर यी बालबालिकालाई छोडन् मन लागेको छैन् ।’ म बाहिर रहेपनि हरपल उनीहरुको साथमै रहने गरेको उनको भनाई थियो । चौधरीले अबको बाँकि जीवन सामाजीक काममै बिताउने बताए ।
‘अब म सामाजीक काममा अगाडि बढ्छु’ उनले भने ‘बेसाहारालाई साहरा दिन मेरा हात सधै हाँजिर रहने छ ।’ अहिले आफूहरुले पालन पोषण गरिरहेका ती बालबालिकाहरु पढाईमा निकै उत्साहित भएको उनले बताए ।

बिद्यालयबाट फर्केर कोठमा पुग्ने बित्तिकै पढाई तिर चासो राख्छन्, भने बिहान उठ्ने बित्तिकै पनि पढ्न तत्लिलन हुन्छन् । अध्यक्ष चौधरीले भने हामीले घरकै आमा वुवाले दिने माया र पढ्ने राम्रो वातावरण तयार गर्ने हो भने बिद्यार्थीहरुमा पढाई र भबिष्य प्रति सकारात्मक भाबना पैदा हुने उनले अनुभव सुनाए । अहिले ती बालबालिकाहरुले संस्कार पनि सिकेका छन् । उनीहरु बस्ने ठाउमा नयाँ मान्छे गयो भने सम्मान गर्छन् । ठूलालाई आदर र सानालाई माया गर्छन् ।

रुकुमका ५ जना, रोल्पाका ४ जना र दाङका ५ जना गरी १४ जना बालबालिका एउटै घरमा बस्दै आएका छन् । उनीहरु एउटै परिवारका दाजु भाई झै एक अर्कामा माया, सम्मान गर्छन् । आफ्नो साथीहरुमा पनि आफु भन्दा ठूलालाई आदार र सानालाई सम्मान गरेर बोलाउने संस्कारको बिकास गरेका छन् ।

यद्यपी उनीहरु केही समय अघि सडक बालबालिका बन्दै हिडिरहेका थिए । उनीहरुको खानाको ठेगान थिएन, बस्न ठेगान थिएन् । ती १४ जना बालबालिकालाईनै अहिले तुलसीपुर उपमहानगरपालिका ६ बरुवागाउँटोलमा रहेको पब्लिक ज्ञान ज्योतीले निःशुल्क पठन पाठनको ब्यबस्था गरेको छ । अध्यक्ष चौधरीले भने ‘कुनै बालबालिकाले पनि शाहारा नपाई भबिष्य अन्यौल पार्न नपरोस भनी सञ्चालन गरेर सेवा गरिरहेका हौं ।’ बालबालिकालाई शिक्षा दिक्षा दिई ठूलो मान्छे बनाउने र केही बर्ष पछि तीनै बालबालिकाले अन्य अशाहय बालबालिकालाई उद्धार गर्न सक्ने बनाउने उद्देश्य रहेको उनले बताए । अहिले संस्थामा ६ बर्षदेखि १६ बर्षसम्मका बालबालिका रहेको छन् ।

ती बालबालिकाहरुलाई गास, बास, कपास, शिक्षा, स्वास्थ्यलगायत सबै सुबिधा दिएर पालन पोषण गरिएको अध्यक्ष चौधरीले बताए । उनले भने ‘बालबालिकालाई खाना पनि आफै पकाएर खुवाउछु, उनीहरुलाई कपडा किनिदिने, बिरामी परे उपचार गर्ने, शिक्षा दिक्षा दिने गरेका छौं ।’ बालबालिकाहरुको पालन पोषणका लागि मासिक २२ हजार तिरेर ११ कोठा भएको पुरै घर भाडामा लिएको बताए ।

साथै उनको नास्तालगायत अन्य खर्च गरेर दैनिक करिब दुई हजार थप खर्च आउने गरेको अध्यक्ष चौधरीले बताए । आमा वुवा गुमाएका ती बालबालिकाहरु आफन्ती कहाँ बस्दै आएको भएपनि उचित पालन पोषण र शिक्षा दिक्षा पाउन नसकेको भन्दै उनीहरुको नैसर्गिक अधिकारमा कुनै कसुर बाँकी नराख्ने उनको अठोट थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्