आज – २७ फाल्गुण २०७५ सोमवारको राशिफल



मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शिक्षामा सफलता मिल्नेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । समाजसेवामा मन लाग्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शत्रु पराजित हुनेछन् । बित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । आर्थिक कारोवारमा सफलता पाइएला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सरकारी निकाएको भय रहनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । प्रेममा मनमुटाव आउनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कला,साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भयछ सचेत रहनुहोला । यात्रामा मालसामान हराउन सक्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साथीभाईसंग समय बित्नेछ । –

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्