बिप्लबले गरिबको रोजी रोटी खोसेको छैन, देशका दलाल , भस्टचारीलाई ठोकेको हो ।



बिप्लबले गरिबको रोजी रोटी खोसेको छैन, देशका दलाल , भस्टचारीलाई ठोकेको हो । बिप्लपले कुनै गरीबको रोजी रोटि खोसेको छैन कर नतिर्ने,  एनसेल लाई ठोकेको हो, बिप्लपले सेनाले अहिले बनाइराखेको फास्ट ट्र्याकमा कुनै अबरोध गरेको छै अरुण तेस्रो भारत ले बनाएर भारत तिरै लैजाने सहमतिलाई प्रतिकार गर्दै अबरोध गरेको हो! बिप्लपले गाउँका किसानहरुलाई कालो मोसो दलेको छैन अरबौ भ्रस्ट्रचार गर्ने लोकमनसिङ् हरुलाई कारबाही गरेको हो !

सरकार एनसेल लाई कर तिर भन्न नसक्ने,भ्रष्ट्रचारीलाई कारबाही गर्न नसक्ने,बलत्कारीलाई फासी दिन नसक्ने, दिन दिनै यहाँ छोरी चेली बलात्कारको सिकार हुने अनि चेलिबेटीलाई सुरक्षा दिन नसक्ने , अपराधीलाई गोलि ठोक्न नसक्ने ? अनि बिप्लब पाटीलाई प्रतिबन्द के को लागि ? कसको लागि ? जनयुद्ध थालनी गर्दाका सपना र प्रतिबद्धतामा कठिबद्द छन् बिप्लबहरु सरकारको तर्फबाट यो गल्ती नहोस् सरकारको निर्णयले फेरि नेपाली निर्दोष जनताको रगतको होलि नखेलियोस , ।

जनयुद्धमा पनि सबै नेताका छोराछोरीलाई बिदेश पढन पठाएर सर्बहारा गरिब जनताका छोराछोरीलाई बन्दुक बोकाएको नेपाली जनताले बिर्सेको छैनन् । फेरि पनि सोझासिधा नेपाली जनता मर्न नपरोस् , तत्काल छलफल र सहमतीको बाताबरणको सिर्जना सरकारले गरोस् । अब नेपाली जनताले चाहे त्यो सरकारको होस् चाहे त्यो बिप्लबको होस् चाहे त्यो सिके राउतको ज्यादती होस् अब जनताले सहने छैनन् । अझै गरीब हरु गरीब हुँदै जाने कति दिन किसान मजदुर हरुलाई गरिबिमै पिल्साइरहने ? अनी बिप्लपले गोलि नठोकेर हातमा दहि जमाएर बसुन् त !

प्रतिबन्ध के का लागि यो कुरा अहीले नसुने कहीले सुन्ने??

यादब प्रसाद सुनार [सैघाली ] लेखकको निजि बिचार 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्