आज – ०१ चैत्र २०७५ शुक्रवारको राशिफल



मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आकस्मिक धन लाभ हुनेछ । हल्लाको भर पर्दा दु:ख पाइनेछ, तर मिहिनेत गर्दा प्रगति हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । तर अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वैदेशिक,व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । साँझमा आर्थिक सङ्कट आउन सक्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभकार्यको चर्चा चल्नेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्