नयाँ रणनीति बनाउन राजपाको बैठक आज बस्ने तयारी



सैघाली खबर
काठमाडौं, ७ भाद्र


राष्ट्रिय जनता पार्टी राजपालेसंविधान संसोधन, स्थानीय तहको चुनावका विषयमा निस्कर्ष निकाल्न छलफल गर्दैछ । राजपाले संविधान संशोधन विधेयकलाई एजेण्डा बनाएर चुनावमा जाने बताइसकेको छ । आज बोल्न बाँकी केन्द्रीय नेताहरुले बोलिसकेपछि राजपाले आफ्नो धारणा बनाउनेछ । असोज २ मा हुने प्रदेश नम्बर २ को चुनावमा संविधान संशोधन विधेयकलाई प्रमुख राजनीतिक मुद्दा बनाउने राजपाको तयारी छ । हिजो राजधानीमा सुरु पदाधिकारी बैठकमा बोल्ने अधिकांश नेता यस्तो निष्कर्षमा पुगेपनि औपचारिक निर्णय भने आज मात्रै आउने पार्टीका नेताहरुले बताएका छन् । संविधान संशोधन विधेयक असफल भएपछिको राजनीतिक परिस्थितिको समीक्षा गर्दै चुनावी बाटो तय गर्न बसेको पदाधिकारी बैठकको पहिलो दिनमै ५३ जनाले धारणा राखेका थिए । १ सय ३३ सदस्यीय पदाधिकारी बैठकमा करिब सय जनाको उपस्थिति थियो । नेताहरुले बोल्ने क्रम सकिएपछि आजै निर्वाचनमा जाने औपचारिक निर्णय हुनेछ । हिजो बैठकको सुरुमै राजपा संयोजक महन्थ ठाकुरले चारवटा प्रस्ताव प्रस्तुत गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्