कतारमा सडक दुर्घटनामा परी रोल्पाली युवाको मृत्यु



काठमान्डौ।  वैदेशिक रोजगारीका क्रममा कतार पुगेका रोल्पाका एक युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।रोल्पा नपा–२ रेउघा सिमलबाङका ३१ वर्षीय पृथ्वी बुढामगरको दोहामा बुधवार सडक दुर्घटनामा परी मृत्यु भएको परिवारले जनाएको छ । कतारमा सडक दुर्घटनामा परी बुधबार मृत्यु भएका रोल्पाका पृथ्वी बुढामगर । तस्बिर सौ.: रोल्पाली सेवा समाज ।दोहा कतारस्थित वैदेशिक रोजगारीका सिलसिलामा पुगेका युवाहरूको सङ्गठन अन्तर्राराष्ट्रिय रोल्पा ली सेवा समाजले पृथ्वीको सडक दुर्घटनापछि घटनास्थलमै मृत्यु भएको जानकारी गराएको हो।

दुर्घटनापछि उनलाई अस्पताल पुर्‍याइएको थियो। उनी उक्त सङ्गठनका आर्थिक सल्लाहकार थिए। दुर्घटनापछि कतारस्थित सङ्गठनका अध्यक्ष केशवराज खड्का र सचिव ठगेन्द्र वलीले संयुक्त विज्ञप्ति जारी गर्दै पृथ्वीको निधनप्रति दुःख व्यक्त गरेका छन्।दुर्घटनाको पुष्टि गर्दै सङ्गठनका केन्द्रीय अध्यक्ष सन्दीप थापाले मृतकको शव नेपाल ल्याउन नेपाली दूतावासमार्फत पहल थाल्ने बताए। कतारस्थित नेपाली दूतावाससँगको समन्वयमा प्रतिवेदन तयार गरिरहेको खड्काले बताए। दूतावास मार्फत कागजी प्रक्रिया मिलाउन त्यहाँस्थित युवाहरूले सहयोग गरिरहेका छन्।

लामो समयदेखि पृथ्वीले कतारस्थित एक कम्पनीमा गाडी चालकका रूपमा काम गर्दै आएको पारिवारिक स्रोतले जनाएको छ। अर्को महिना छुट्टीमा घर आउने तयारीमा रहेका पृथ्वीको दुर्घटनापछि भएको मृत्युको खबरले परिवार शोकमा छ।सामाजिक कार्यमा रुचि राख्दै आएका युवा पृथ्वीको मृत्युबाट समाजमा क्षति पुगेको भन्दै वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका युवाहरूको संस्था रोल्पा ली सेवा समाजका शाखाहरूले दुःख व्यक्त गरेका छन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्