जन्मदिनको अबसरमा सन्तोषले गरे कारको ठक्करबाट एउटा हात गुमाएकी बिमलालाई दशहजार सहयोग



 

सरु  सुनार काठमाडौ ,आँसुको मसिले लेखेको बिमला बिकको यो दुख र पिडालाइ मलम लगाउन कोसिस गरेकी छु । , बाटो काट्नी क्रममा भरतपुर बिरेन्द्रचोकमा सेतो कारले ठक्कर दिएर भाग्यो अनि ट्रक आएर किच्यो। आफन्त र सहाराबिहिन बिमलालाई यो दुर्घटनाले बेसहारा बनाइदियो , लोग्ने र परिवारबाट अपहेलित बिमला बिकको जिबनमा सुख खुसीको दिन कहिल्यै आएन । घरमा लोग्नेको कुटाइ र सौताको ब्यबहारले ज्यान जोगाउन ४,५ बर्ष पहिले स्थायी घर रामेछाप छोडेर आफू बाच्न विभिन्न काम खोज्दै भौतारिइन , २ बर्ष अगाडि भरतपुर बिरेन्द्र चोक नजिक भाडा धुने काम गरि आफ्नो दैनिकी चलाएकी बिमला बिकको गत फागुन १२ गते बाटो काट्ने क्रममा सेतो कारले ठक्कर दिएर भाग्यो । बिचरी यो ठक्करले बिमलाको बाच्ने सहारा आफ्नो हात नै गुमाउनु पर्यो , एउटा हात पुरै किचिएको छ भनेर B& B हस्पिटलमा हात काट्नु परे पछि उनी बेसहारा बनेकी छिन ।

अहिले एउटा हात उपचारको क्रममा काटियो उपचार गर्न पैसा पनि छैन न त सहारा बाकी उपचार गर्न पैसा नभएर बेसहारा बनेकी रामेछाप निवासी २६ बर्सिया बिमला बिक अहिले अलपत्र परेकी छिन / भरतपुरमा उपचार सम्भब नभए पछि काठमाडौ ल्याइ थप उपचार गरेको बिमला बिकको दिदिले बताएकी छिन जताततै रिन खोजी उपचार गर्दा ४,५ लाख सकियो बाकी पैसा नभएर उपचार गर्न नसकेको बताउछिन । जब मलाई भेटन र सहयोगको अपेक्षा राखी आइन बिमला बिक मैले आफुलाइ उनको ठाउँमा राखे यो पीडामा मैले सहयोग गर्नै पर्छ भनी सहयोग गर्न चाहनेहरुको लागि म एउटा माध्यम बनी सुरु गरे सहयोग जुटाउन ।।

 

धेरैको अन्याय अत्याचारमा मलम लगाए तर कलम चलाए तर बिमलाको जस्तो दुख र नाजुक अबस्था कमैको छ जस्तो लाग्छ मैले बिमला बिकको बाकी उपचार र उनलाई एउटा हात जोडन सक्छु कि भनी कोसिस गरेकी छु । यहि बेला धरान जन्म घर भै हाल दक्षिण कोरिया रोजगारको शिलशिलामा रहनु भएका सन्तोष बिश्वकर्माले आज पर्न गएको आफ्नो जन्म दिनको अबसरमा रु १० हजार सहयोग गर्नु भएको छ । जन्म दिनलाई नयाँ तरिकाबाट मनाउन र पीडितको लागि खुसी र पिडामा मलम लगाउन यो सुन्दर उदार मनलाई धेरै धेरै धन्यवाद । जन्म दिनको हार्दिक शुभकामना !!! यदि तपाईंहरु पनि सहयोग गर्न चाहानुहुन्छ भने सम्पर्क ९८०८२९५०६२ सरु सुनार।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्