युवाहरुलाई स्वदेशमै रोजगार दिलाउनु पर्र्छ मन्त्रि चौधरी



शरद रेग्मी
दाङ १० भदौ । श्रम तथा रोजगार राज्य मन्त्रि डिल्ली बहादुर चौधरीले युवाहरुलाई नेपालमै रोजगार दिलाउन आफु लागि पर्ने बताउनु भएको छ । मन्त्रि भए पछि पहिलो पटक गृह जिल्ला दाङ आउनु भएका मन्त्रि चौधरीले देशमै रोजगारिको श्रृजना गरि युवाहरुलाई रोजगारि दिलाउन आफनो मन्त्रालयले गृह कार्य गरिरहेको बताउनु भयो । आज दाङको तुलसीपुरमा रिपोटर्स क्लब नेपाल दाङ शाखाले आयोजना गरेको बधाई तथा साक्षात्कार कार्यक्रममा बोल्दै चौधरीले धेरै भन्दा धेरै युवाहरुलाई रोजगारी दिनका लागी बिभिन्न रोजगारमुखि तालिमहरु संचालन गरिने बताउनु भयो । आफ्नो पहिलो काम नेपालमै युवाहरुलाई रोजगार दिने बातावरण वनाउनु रहेको भन्दै त्यसका लागि पहल गरिरहेको बताउनु भयो । एक अर्काे राजधानीका लागि आवश्यक पुर्वाधार तथा प्रदेश स्तरिय कार्यालयहरु जिल्लामा आउने क्रम रहेको भन्दै यसले पनी दाङलाई प्रदेश राजधानीका लागी कसैले रोक्न नसक्ने बताउनु भयो ।कार्यक्रममा प्रेस युनियन दाङ शाखाले पनी मन्त्रि चौधरीलाई बधाई तथा शुभ कामना ब्यक्त गरेको छ । युनियनका अध्यक्ष शुसिल बस्नेतले मन्त्रि चौधर्री खादा लगाएर स्वागत गर्नु भएको थियो । कार्यक्रमको संचालन रिपोटर्स क्लब नेपाल दाङका सचिव बिमल गौतमले गर्नु भएको थियो ।

यसैविच तुलसीपुरका उद्योगि ब्यवसायीहरुले पश्चिम क्षेत्रको शान्ति सुरक्षा मजबुद पार्न मन्त्रि चौधरी संग आग्रह गरेका छन । तुलसीपुर उद्योग बाणिज्य संघले आयोजना गरेको नवनियुक्त श्रम राज्य मन्त्रि डिल्ली बहादुर चौधरीको स्वागत तथा सम्मान कार्यक्रममा बोल्ने ब्यवसायीहरुले ब्यवसायी हत्याले सवैलाई चिन्तीत बनाएको भन्दै सुरक्षा अवस्था मजवुत पार्नका लागी आग्रह गरेका हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्