पर्यटन पत्रकार सघं द्धारा सम्मान



 

सैघाली खबर

दाङ ११ भदौ।पर्यटन पत्रकार सघं दाङले उद्योग वाणिज्य सघंका नबनिर्वाचित पदाधिकारीहरुको स्वागत तथा सम्मान गरेको छ। दाङमा पर्यटन विकासमा निजी क्षेत्रको भुमिका तथा सम्मान कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरेको हो। त्यस अबसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले दाङको पर्यटन विकासका लागी उद्योग वाणिज्य सघंको भुमिका महत्वपुर्ण हुने कुरामा जोड दिएका थिए। नवनिर्वाचित पदाधिकारीहरुलाइ पर्यटन पत्रकार सघं नेपालका अध्यक्ष धनीराम शर्माले टिका ,खादा लगाएर सम्मान गर्नु भएको थियो। त्यस अवसरमा उद्योग वाणिज्य सघंका अध्यक्ष नारायण भुषाल,महासचिव नरेश कार्की लगाएतकाले बोल्नु भएको थियो।
पर्यटन पत्रकार सघं दाङ शाखा अध्यक्ष प्रकाश चौधरीको अध्यक्षता एवं सघंका केन्द्रिय अध्यक्ष धनीराम शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रमको सञ्चालन बिमला घर्तीले गर्नुृ भएको थियो।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्