आफ्नै दिदी हत्या गरेको अभियोगमा एक जना पक्राउ



काठमान्डौ । आफ्नै दिदी लाइ दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।रुन्टीगढी गाउँपालिका ३ सल्लीकोट बस्ने १९ बर्षीय लुमबहादुर घर्तीले आफ्नै २२ वर्षीया दिदि कल्पना घर्तीलाई दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले आइतबार बिहान लुमबहादुरलाइ पक्राउ गरेको हो ।

शनिबार साँझ आपसी झैझगडामा कल्पनालाई दाउरा प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्