ज्यान मार्ने उद्योग मुद्धाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ



काठमाडौं । ज्यान मार्ने उद्योग मुद्धामा फरार भएका अभियुक्तलाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ९ वर्षपछि पक्राउ गरेको छ ।

सीआईबीले काठमाडौं महानगरपालिका-३५ बालकुमारीका रविन पुलामी मगरलाई शनिबार सुनसरीबाट पक्राउ गरेको हो । ज्यान मार्ने उद्योग मुद्धामा रविनलाई काठमाडौं जिल्ला अदालतले ०६६ चैत १६ गते ५ वर्ष कैद सजाय हुने फैसलाला गरेको थियो ।

उनले ०६३ मंसिर २३ गते राति साढे ९ बजे काठमाडौं महानगरपालिका-३५ को पाल्पाकोटस्थित सडकमा मछिन्द्र पराजुलीको घाँटी र टाउकोमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्