राष्ट्रपति र प्रधानमन्त्रीको तस्विर सामाजिक संजालमा पोष्‍ट गर्ने २ जना पक्राउ



काठमान्डौ। राष्ट्रपति र प्रधानमन्त्रीको अमर्यादित तस्विर सामाजिक संजालमा पोष्‍ट गर्ने कार्यमा संलग्न २ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पाल्पा परान्दी गाउँपालिका-७ का २२ वर्षीय निर्मल गैरे र रुपन्देही साबिक शंकरनगर गाबिस-८ का २३ वर्षीय यमप्रसाद पन्थी रहेका छन् । गैरेलाई चैत १२ गते भक्तपुर नयाँठिमीबाट र पन्थीलाई चैत १३ गते चितवनबाट सो ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्