अवैध गाँजा सहित विभिन्न ठाउँबाट ४ जना पक्राउ



काठमान्डौ। मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ मा अवैध  गाँजा सहित बुधबार दिउसो प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ना.३ च ३७६९ नम्बरको बोलेरो सहित चालक महोत्तरी बर्दिवास नगरपालिका-१ बस्ने ३६ वर्षीय रामजस यादव र सहचालक १९ वर्षीय उज्वलबहादुर गुर्मछानेलाई ३ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो
हेटौंडातर्फ जाँदै गरेको बोलेरो जाँच गर्ने क्रममा २ सय १२ केजी परिमाणको लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।
यता सर्लाही, लालबन्दी नगरपालिका-१ नवलपुरमा ८ सय ग्राम गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले मुसौली टोलबाट नवलपुरतर्फ जाँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्