एकै परिवारका ३ जना झुन्डिएको अवस्थामा फेला !



काठमान्डौ। चितवन भरतपुर महानगरपालिका एकै परिवारका ३ जना झुन्डिएको अवस्थामा फेला परेका छन् ।
शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरी एकै स्थानमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

३४ वर्षीया आमा माया आलेमगर, १४ वर्षीया छोरी विनिता मगर र १२ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको हो ।

उनीहरूको हत्या या आत्महत्या के हो भन्ने खुलेको छैन ।मृतकका श्रीमान् नरबहादुर आलेमगर नेपाली आर्मीमा काठमाडौंमा कार्यरत रहेका छन्।

उनीहरुको शव अहिले परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको र घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्