देशैभर सुरु भयो ‘No Tax, No Ncell’ अभियान-नरबहादुरको नेतृत्व, रेखा थापाको साथ



काठमाडौं । सामाजिक अभियन्ता नरबहादुर कार्कीले सुरु गरेको एनसेलबिरुद्धको नो ट्याक्स, नो एनसेल अभियान देशैभर फैलिएको छ ।

कर छली गरेर देशलाईृ ठगेको भन्दै सुरु गरिएको एनसेलको सिम बहिस्कार अभियानले छोटो समयमै व्यापकता लिएको छ । अभियानलाई अभिनेत्री रेखा थापाले समेत साथ दिएकी छन् ।

अभियानको प्रचारको लागि अहिले सामाजिक सञ्जालमा पब्लिक ग्रूप, फेसबुक पेज बनाइएको छ । यस्तै, फेसबुक एकाउण्टको प्रोफाइलका लागि नो ट्याक्स, नो एनसेलको फ्रेम तयार गरिएको छ ।

अहिले नो ट्याक्ट नो एनसेलको फ्रेमले धेरैका प्रोफाइल रंगिएका छन् । उक्त नारासहितका पोष्टरहरुसमेत सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएका छन् ।

सामाजिक सञ्जालबाट सुरु गरिएको यो अभियान अहिले स्वतस्फूत रुपमा तीव्ररुपमा संचालन भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्