खुर्पा प्रहार गरी श्रीमतीले गरिन् श्रीमानको हत्या



काठमान्डौ। खुर्पा प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छन्। काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ रविओपीमा मादक पदार्थ सेवन गरेपछि श्रीमान श्रीमतीबीच झगडा भएको र सोही क्रममा श्रीमतीले श्रीमानमागि खुर्पा प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।

५५ वर्षीया श्रीमती लालीमाया तामाङले ६० वर्षीय श्रीमान् सुकराम तामाङमाथि खुर्पा प्रहार गर्दा सुकराम गम्भिर घाइते भएका थिए । गम्भिर घाइते भएका सुकरामलाई उपचारका लागि अस्पताल लैजाने उनको मृत्यु भएको हो।

लालीमायालाई प्रहरीले पक्राय गरी घटनाबारे आवश्य अनुसन्धान भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्