नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल हुँदै



सैघाली खबर
काठमाडौं,१३ भाद्र

नेपालको राष्ट्रिय भलिबल टोलीले आज बंगलादेशसँग मैत्रिपुर्ण भलिबल खेल्दैछ । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा हुने खेलका लागि दुबै टोलीले तयार रहेको बताएका छन् । नेपाली टोलीलाई नेदरल्याण्ड्सका प्रशिक्षकको सहयोगमा प्रशिक्षण दिईएको छ । तीन हप्ताको प्रशिक्षणको दौरान नेपालको यो दोस्रो अन्तर्रा्ष्ट्रिय अभ्यास खेल हो । यसअघि गत शनिवार मात्रै डेनमार्कको ए डिभिजन टोली मिलवोभालाई पराजित गरेको नेपालले आज र भोलि बंगलादेशसँग दुईवटा खेल खेल्न लागेको हो । यो खेल नेपालका लागि स्तर उकास्ने अवसरका रुपमा रहेको छ । यसअघि दोस्रो एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा यी दुई राष्ट्र आमने सामने हुँदा बंगलादेशले नेपाललाई हराएको थियो । यसपटक घरेलु कोर्टमा नेपाल उक्त हारको बदला लिने अभियानमा रहेको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्