काठमान्डौमा खुकुरी देखाएर तीन जनाले लुटे साढे ३ लाख !



काठमाडौं । काठमाडौंको बौद्दबाट एक युवकको  साढे ३ लाख रुपैयाँ लुटिएको छ  । बौद्दस्थित पाथीभरा मनी ट्रान्सफर एवं मनिचेन्जरबाट मंगलवार बिहान मोटरसाइकलमा आएका तीन जनाको समुहले खुकुरी देखाएर साढे ३ लाख रुपैयाँ लुटेर फरार भएका हुन् ।

मनी चेन्जरका संचालक रवि श्रेष्ठले नबिल बैंकको शाखाबाट रकम झिकेर मनी ट्रान्सफरमाभित्र लैजाँदै गर्दा लुटिएको बताएका छन् ।  घटनाबारे प्रहरीले अनुसन्धान गरी लुटेराको खोजी गरिरहेको जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्