यौन दुव्र्यवहारको आरोपमा १५ वर्षीय बालकलाई ९ महिनाको जेलसजाय



काठमान्डौ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाकाको दमौटीमा एक तीन वर्षीय बालिकामाथि यौन दुव्र्यवहार गर्ने स्थानीय १५ वर्षीय बालकलाई जिल्ला अदालत उदयपुरले नौ महिनाको जेलसजाय फैसला गरेको छ ।

गत भदौ ३० गते बालकले तीन वर्षीय बालिकामाथि यौन दुव्र्यवहार गरेपछि पीडितको अभिभावकको उजुरीमा प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि बालक विरुद्ध जिल्ला अदालतमा यौन दुव्र्यवहार विरुद्ध मुद्दा चले पनि रु ५० हजार धरौटीमा बाल तारेखमा रिहा भएका थिए ।
फेरि जिल्ला अदालतले बालकलाई नौ महीना जेलसजायको फैसला गरेको जिल्ला अदालत उदयपुरले बताएको छ ।

मङ्गलबार जिल्ला न्यायधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका यौन दुव्र्यवहार गर्ने १५ वर्षीय बालकलाई नौ महीनाको जेलसजाय फैसला गरेको जिल्ला अदालत उदयपुरका श्रेस्तेदार राजकुमार आचार्यले बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्