चिर्पटले हानेर एकको हत्या !



काठमान्डौ । सिरहामा चिर्पटले हानेर एकजनाको हत्या गरिएको छ। सिरहाको गोलबजार नगरपालिका ११ बल्कबामा ५० वर्षीय रामअवतार सदालाई सामान्य विवादपछि २० वर्षीय गोविन्द सदाले चिरपटले टाउँकोमा हिर्काउँदा उनको ज्यान गएको हो।

मंगलबार रामअवतार आफ्नो घरमा सुतिरहेको बेला घरको छानोबाट टायल खसी टाउकोमा चोट पुग्दा र उनलाई उपचारका लागि विराटनगर पठाएको भनी प्रहरीलाई स्थानीयले खबर गरेका थिए।

प्रहरी छानबीनका लागि घटनास्थल पुग्दा घरको टायल नभएर समान्य विवादमा गोविन्दले रामअवतारलाई सोमबार अन्डीको चिरपटेले हिर्काएको खुलेको छ। रामअवतारको बुधवार विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्