वाइसिएलको प्रदेश सम्मेलन भाद्र २१ र २२ मा



सैघाली खबर 

दाङ, भाद्र १३ । माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) ५ नं. प्रदेशको प्रथम प्रदेश सम्मेलन यही भाद्र २१ र २२ गते बुटवलमा हुने भएको छ । सोमबार घोराहीमा सम्पन्न वाइसिएल ५ नं. प्रदेशको दोस्रो पूर्ण बैठकले प्रदेश सम्मेलन बुटवलमा गर्ने निर्णय गरेको हो ।
गणतन्त्र, संघीयतालाई सुदृढ गर्दै समृद्धिको बाटोमा हाम्रो अभियान, संगठन सुदृढीकरढा, युवा जागरण र परिचालनका लागि एकताको प्रथम प्रदेश सम्मेलन’ भन्ने मूल नाराका साथ भाद्र २१ र २२ गते बुटवलमा सम्मेलन गर्न लागिएको वाइसिएल नेपालका केन्द्रीय सचिव गणेश शाहीले बताउनुभयो ।
सम्मेलनका लागि गणेश शाहीको संयोजकत्वमा सम्मेलन आयोजक समिति गठन गरिएको छ भने तयारीका लागि विभिन्न समितिहरु गठन गरिएको शाहीले बताउनुभयो । जसअनुसार राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति संयोजक गणेश शाही, सम्मेलन व्यवस्थापन समिति संयोजक ठाकुर सौराग, आर्थिक व्यवस्थापन समिति संयोजक रितमान पुन रहनुभएको छ । त्यसैगरी प्रतिनिधि व्यवस्थापन समिति संयोजक रतन शाही, स्वयंसेवक एवं अतिथि सत्कार समिति संयोजक जितेन्द्र पुन, साँस्कृतिक समिति संयोजक मनिषा चदारा र प्रचार प्रसारको जिम्मा कार्यालयलाई दिइएको संयोजक शाहीले जानकारी दिनुभयो ।
बैठकमा वाइसिएल केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले उत्पादन र निर्माण वाइसिएलको अभियानलाई मूल नाराका रुपमा आत्मसाथ गर्दै संगठन सुदृढीकरणमा लागि निर्देशन दिनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा ५ नं. प्रदेश संयोजक पूर्ण घर्तीले क्रान्तिकारी युवाहरुको तागतले मात्रै अबको परिवर्तन सम्भव भएको भन्दै वाइसिएलको काँधमा महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभयो ।
प्रदेश संयोजक गणेश शाहीको अध्यक्षतामा बसेको बैठकमा पार्टीको तर्फबाट फ्र्याक्सन इन्चार्ज टंकमणिले पनि आवश्यक निर्देशन तथा वाइसिएलको भूमिकाका बारेमा बोल्नुभएको थियो । सो अवसरमा वाइसिएल केन्द्रीय समितिको भर्खरै सम्पन्न सम्मेलनबाट निर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्