मधेसको विकास नभएसम्म देश समृद्ध हुँदैनः प्रचण्ड



सैघाली खबर,
सर्लाही, भदौ १४ ।– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसको विकास नभएसम्म देश समृद्ध हुन नसक्ने बताउनुभएको छ ।

सर्लाहीको हरिपूर्वामा बुधबार पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा परिवर्तन ल्याउन मधेसका नागरिकको ठूलो योगदान रहेको बताउनुभयो । मधेसको पहिरनमा पुग्नु भएका उहाँले तराई मधेसका नागरिकको संघर्षले नै देशमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता तथा समानुपातिक समावेशी सिद्धान्त अनुसारको संविधान जारी भएको बताउनुभयो ।

हिमाल, पहाड र तराईका नागरिकको भावनालाई सम्बोधन गर्न आफू नेतृत्वको सरकारले पहिलो पटक संविधान संशोधन गराएको उहाँले दाबी गर्नुभयो । उहाँले तराई मधेसमा माओवादी विरुद्ध अरु दलले विभिन्न किसिमका षड्यन्त्र थालेको आरोप पनि लगाउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्