महिलाहिंसाका विरुद्ध जनचेतना अभियान चलाउने एस पि सिंहको प्रतिबद्धता



अमिता चौधरी
दाङ, १४ भाद्र

जिल्ला प्रहरी प्रमुख एस पि दुर्गाचन्द सिंह ले भदौ महिनामा महिलाहिंसाका विरुद्ध जनचेतना अभियानलाइ अभियानका रुपमा संचालन गर्ने वताउनु भएको छ । क्रीयाशील पत्रकार महीला डव्लु डव्लु जेको आयोजनामा सन्डेक्लव अन्र्तरगत आज घोराहीमा गरिएको कार्यालय प्रमुख संगको साक्षात्कार कार्यक्रममा वोल्दै प्रमुख अतीथी चन्दले यस्तो वताउनु भएको हो । जिल्ला प्रहरी प्रमुख सिहले जिल्लाको शान्ती सुरक्षा र अमयन चयन राख्न आफु सक्रीय भएको वताउदै यसमा सवैको सहकार्य आवश्यक रहेको वताउनु भयो ।

क्रीयाशील पत्रकार महीला दाङकी अध्यक्ष सन्ध्या रेग्मीको अध्यक्षता एवं जिल्ला प्रहरी प्रमुख एस पि दुर्गा सिह चन्दको प्रमुख आतीथ्यमा सम्पन्न साक्षात्कार तथा अन्तरक्रीयामा वोल्दै प्रमुख अतीथी एस पि चन्दले गुण्डा गर्दी , चोरी , अवैध धन्धा मोटरसाइकल चोरी लगाएत असामाजीक तत्वह?लाइ नि?त्साहीत गर्न सुरक्षानिकायले त्यस्ता गिरोह?लाइ केहीदिन यता नियन्त्रणमा लीन सुरु गरिसेकेको वताउनु भयो साथै उहाले महीला हिसा न्युनीकरणका लागी जनचेतनालाइ अभियानका रुपमा संचालन गर्ने , वालहिसा, सडक वालवालीकाको व्यवस्थापन लगाएतका क्षेत्रमा पनी जिल्ला प्रहरी कार्यालयले सत्र्कता र तदारुकता देखाएको वताउनु भयो ।

त्यसअवसरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, क्रीयाशील पत्रकार महीला डव्लु डव्लु जेका मध्यमश्चिम सल्लहाकार लीला शाहा, नेपाल प्रेसयुनीयनका केन्द«ीय सदस्य सुलोचना गौतम , नेपाल प्रेसयुनीयनका जिल्ला उपाध्यक्ष वसुन्धरा गौतम, महीला मानवअधिकार रक्षकसञ्जालका केन्द«ीय सचीव लक्ष्मी आचार्य, सचारीका समुह दाङकी अध्यक्ष नारायणी रजौरे,  दाङ उद्योग वाणीज्यसंघका सचीव माया पोख्रेल लगाएतले सुचनामा सहज पहुच, न्यायमा सहजता , कानुनी राज्यको प्रत्याभुती , मानवअधिकारको प्रत्याभुतीहुने गरि काम गर्न प्रहरी प्रमुख चन्दलाइ आग्रह गर्नुभएको थियो । कार्यक्मको सहजीकरणक्रीयाशील पत्रकार महीला दाङकी कोषाध्यक्ष रोशनी मल्लले गर्नुभएको थियो ।
यसैविच दाङमा क्रीयाशील विभीन्न संचारसंगठनहरुले क्रीयाशीलपत्रकार महीला डव्लु डव्लु जेको संयोजन तथा अगुवाइमा पत्रकार एवं क्रीयाशील पत्रकार महीला डव्लु डव्लु जे दाङकी सचीव पार्वती वस्नेतका श्रीमान प्रमोद वर्माको रहस्मय हत्याको उचीत छानविन गरि न्यायका लागी पहल गरिदिन दाङका प्रहरी प्रमुख एस पि दुर्गाहिस चन्दको ध्यानार्कषण गराएका छन ।

नेपालपत्रकार महासघ दाङ, क्रियाशिल पत्रकार महिला, सकल्प महिलासचार सस्था दाङ, सचारिका समुह दाङ, नेपाल प्रेसयुनियन पत्रकार महिलामच लगाएतका सचार सम्बद्ध सस्था र सो सग सम्बनिधत संचार कर्मीहरु द्धारा हस्ताक्षर सहित बुझाईएको ज्ञापन पत्रमा घटनाको सत्यतथ्य पत्तालगाई दोषिलाई कानुनिदायरामा ल्याउन आग्रह गरिएको छ । त्यसअवसरमा वोल्दै प्रहरी प्रमुख दुर्गासिह चन्दले कुनै पनी मुद्धालाइ प्रहरीले गंभीरता पुर्वक लीने वताउदै त्यसको अनुन्धान प्रक्रीया चलीरहेको वताउदै पिडीतले न्याय पाएर छाडने वताउनु भयो । यहाले घटना जिल्ला वाहीर भएपनी आफुले यसमा गंभीरतापुर्वक चासो राख्दै न्यायका लागी लागीपर्ने वताउनु भयो ।

त्यसअवसरमा मृतक प्रमोद वर्माकी श्रीमती पत्रकार पार्वती वस्नेतले परिवारको तर्फवाट ध्यानार्कषणपत्र प्रहरीप्रमुख चन्दलाइ वुझाउनु भएको थियो । पत्रकार वस्नेतले आफना श्रीमानको हत्या भएका एथेष्ट प्रमाणहरु रहेको वताउदै हत्यामा संलग्नहरुको पहीचान छिटो भन्दा छिटो गरी न्यायका लागी पहल गरिदिन आग्रह गर्नुभएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्