बाल विवाहका विषयमा सरोकारवाला सँग छलफल



सैघाली खबर
दाङ ,१४ भाद्र 


बाल विवाह न्युनीकरण सम्बन्धी सरोकारवालाहरु सँगको अन्तरक्रिया कार्यक्रम राप्ती गाउँपालिका ४ मौरीघाटमा सम्पन्न भएको छ ।
देउखुरी सामुदायिक पुस्तकालयको आयोजनामा भएको कार्यक्रममा बोल्ने सहभागी वक्ताहरुले बाल विवाह बढ्नुको मुख्य कारण अभिभावकहरु छोरा छोरी प्रति जिम्मेवार नभएको र मोबाइल प्रयोग रहेको बताएका छन् । साथै उनीहरुले अधिकाशं बाल विवाह अभिभावकले गरिदिनु भन्दा पनि बाल बालिकाहरु आफै भागेर जाने गरेको बताएका छन् । यसका लागि उनीहरुले अभिभावक, सरोकारवाला र सरकार पक्षबाट पहल नहुदा सम्म बाल विवाह रोक्न नसक्ने बताएका थिए ।
सामुदायिक पुस्तकालयमा सहजकर्ता सिर्जना आचार्यको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका उपाध्यक्ष जगदम्बा चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्री, जनहित रेडियो स्रोता समुहका सहजकर्ता श्यामा चौधरी लगायतका वक्ताहरुले बोलेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्