कमरेड बिप्लबः बन्द सफल भएकोमा घिरौंला जत्रो नाक !



केही समय अघि देशका धमिरा बिरुद्ध उभिनु भनि तिमीलाई समर्थन गरेको थिएँ । बम नै पड्काउने भए हातीछाप चप्पल लगाएर सिंहदरबार छिरेपछि अरबौ सम्पतिको मालिक भएका गद्दारको टाउकोमा पड्काईदिनु भनेको थिएँ । देशलाई दशैको खसी झैं काटीखाने राजनैतिक कसाहीहरूको हातखुट्टा च्वाट्टै काटिदिनु भनि सम्बोधन गरेको थिएँ । देश रित्याएर स्विस बैंक भरिभराऊ पार्ने छुचुन्द्राहरूको सातपुस्ते सम्पति जफत गरिदेऊ भनि अनुनय बिनय गरेको थिएँ । बलात्कारी, हत्यारा, लुटेरा र भ्रस्टहरू सबका सबलाई लाईन लगाएर ब्प द्धठ ले भुटुटु पारिदनु भनि तिम्रो क्रान्तिको मिसनलाई बुस्टअप गरेको थिएँ । अनि बन्द नै गर्ने भए सडक र सरकारी कार्यालय होइन, देश खाएर अघाएका जुकाहरूको घरमा घेराबन्दी लगाई ती नालायकहरूको महिनौसम्म भात, पानी र चर्पी समेत बन्द गरिदिनु भनि आग्रह गरेको थिएँ । तर मानेनछौ । सोच्यौ होला, म कोही होइन ।

हो, म कोही हुन नसकेर पनि कोही भै टोपलेको मान्छे हुँ बिप्लब कमरेड ! म त्यो गरिब हुँ, जो गरिबहरूको आवाजको प्रतिनिधित्व गर्छु । गरिबको भोको पेट, नाङ्गो आङ र चुहिने छानो नजिकबाट छामेको छु ।

बिहान ५ बजेबाट रातीको १० बजेसम्म गाडीको झ्यालमा झुण्डिएर खलासी काम गर्दै पेट पालिरहेको गरिब बालकलाई तिम्रो बन्दले आज भोकै राखिदियो ! सरकारी कार्यालयका हाकिमलाई चिया बेचेर बेलुका घरमा चुलो जलाउने ती बुढी आमा आजको रात भोकै सुत्नेछिन् । दिनभरी सडककको पेटीमा उँभिएर पानीपुरी र चटपटे बेचेर छोराछोरीलाई कापी कलम किन्दिने ती बुबा आज मलिन अनुहार लगाएर बसेका होलान् । सुत्केरी ब्यथाले च्यापेकी महिलाको एम्बुलेन्स कुर्दाकुर्दै ज्यान गयो कमरेड, एम्बुलेंस पनि चलेनन् आज । जस्को लागि तिमीले बन्दको आव्हान गर्यौ, ती साँढेहरू दरबारभित्र आनन्दले उपरखुट्टी लगाएर सुनसान सडककको मजा लिईरहेछन् । रक्सी र मासुले ढाकिएको टेबल वरिपरि बसेर खित्का छोड्दै लुछिरहेछन् कुखुराका सपेटा र बेहोसीमै कोरिरहेछन् देश लुट्ने अर्को भयंकर योजनाको तपसिल ! तिमी भने बन्द सफल भएकोमा घिरौंलाजत्रो नाक फुलाएर मन्द मुस्कान छोडिरहेछौ । वाह ! तिम्रो परिवर्तनको यात्रा !! वाह तिम्रो माक्र्सवाद !!!

जस्को लागि तिमीले बन्दको आव्हान गर्यौ, ती साँढेहरू दरबारभित्र आनन्दले उपरखुट्टी लगाएर सुनसान सडककको मजा लिईरहेछन् । रक्सी र मासुले ढाकिएको टेबल वरिपरि बसेर खित्का छोड्दै लुछिरहेछन् कुखुराका सपेटा र बेहोसीमै कोरिरहेछन् देश लुट्ने अर्को भयंकर योजनाको तपसिल !

बेलैमा सोच कमरेड, थुप्रो थोक गर्नु छ अझै ! जस्तो कि गणतन्त्रका छाडा छेपाराहरूलाई तिनीहरूको असली रंगमा ओरालेर नाङ्गेझार पार्नु छ । निर्मला पन्तको बलात्कारी सरकारको कुर्सीमा टाँसिएको छ, त्यसलाई उँधो मुन्टो पारेर झुण्ड्याउनु छ । ३३ किलो सुनले घाँटी पुरिएको पातकिहरूको घिच्रो छिनाउन बाँकी छ । वाइड बडीको नाईकेको जिउमा करेन्ट लगाएर सडकमा लतार्नु छ । एनसेलका पुँजिपति लुटेराहरू जिउँदै छन् कमरेड । तिम्रो एम्बुसमा थापिएका त सर्बसाधारण सिँहप्रताप गुरुङ थिए ! उनकी दुई वर्षकी छोरीले पछि ठूली भएपछि मेरो बाउको हत्यारा यही हो भनेर तिम्रो नाकमा औंलो ठड्याउँदा तिम्रो सर्वहारा बर्गको मुक्तिको आन्दोलनले तिम्लाई कति घोच्दो हो ..!

कमरेड, एकफेर सोचिहेर ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्