मतदाता शिक्षा कार्यक्रमका लागि स्वयंसेवक आजदेखि घरघर पुुग्दै



 

सैघाली खबर

काठमाडौं ,१५ भाद्र


प्रदेश नम्बर २ मा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि आजदेखि मतदाता शिक्षा कार्यक्रम घरघर पु¥याईंदैछ । निर्वाचन आयोगले आजदेखि स्वयंसेवकहरुलाई घरघरमै पुगेर मतदाता शिक्षा दिएको प्रमाणसमेत ल्याउनुपर्ने व्यवस्था गरेको छ । आयोगका नवनियुक्त प्रवक्ता नवराज ढकालले आजदेखि घरघरमै टोली खटिने जानकारी दिनुभयो । आयोगले मतदाता शिक्षाका लागि एक मतदान केन्द्र बराबर एक स्वयंसेवक खटाएको जनाएको छ । प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ वटै स्थानीय तहमा नमुना मतदान गर्ने कार्यक्रम पनि रहेको उहाँले जानकारी दिनुुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्