सैघाली खबर
काठमाडौं ,१५ भाद्र
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि कारबाहीको विकल्प नरहेको बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत् उत्तर कोरियाको सैन्य अभियानको समाधान अब वार्ताबाट खोज्न नसकिने बताउनुभयो । उहाँले उत्तर कोरियाको मिसाइल कार्यक्रमका कारण उत्पन्न परिस्थितिको समाधान वार्ताबाट हुने नदेखिएको स्पष्ट पार्दै अब कारबाहीको विकल्प नरहेको बताउनुभयो । आफूहरुले विगत २५ वर्षदेखि उत्तर कोरियासँग वार्ता नै गरिरहेको तर उसले त्यसको नाजाय फाइदा लिएको उहाँको भनाइ छ । उत्तर कोरियाले गत मंगलबार पनि जापानी भू–भाग माथिबाट जाने गरी मिसाइल प्रहार गरेको थियो ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।