सिलवालको मुद्दामा आज अन्तिम सुनुवाई



सैघाली खबर
काठमाडौं, १५ भदौ । प्रहरी नायव महानिरीक्षक डीआईजी० नवराज सिलवालको मुद्दामा विहीबार अन्तिम सुनुवाई हुने भएको छ ।

आफूभन्दा कनिष्ठ ९प्रकाश अर्याल०को आईजीपी नियुक्त खारेजी तथा वरियताका आधारमा आफूलाई आईजीपी बनाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गरेका सिलवालको मुद्दामा बृहत पूर्ण इजलासमा आज अन्तिम सुनुवाई तोकिएको हो ।

बृहत पूर्ण इजलासमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी छन् ।

बृहत पूर्ण इजलासमा अन्तिम सुनुवाई सकिएपछि सम्भवतः आजै फैसला आउनसक्ने कानूनविद्हरु बताउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्