नेपाललाई फिजी बनाउने प्रयास



माछा मार्न भनेर फिजी गएका भारतीय महेन्द्र चौधरी पन्ध्र वर्षमै प्रधानमन्त्री पदमा निर्वाचित भए । नागरिकतासम्बन्धी व्यवस्था खुकुलो भएकाले त्यो देशका वास्तविक नागरिक अल्पमतमा परे र भारतीयहरुको बहुमत भयो । हाम्रो देशलाई सुनियोजित रुपमा फिजी बनाउन खोजिदैछ । नेपालीलाई अल्पमतमा पार्न खोजिदैछ ।

सन् २०२८ सम्म उत्तरी छिमेकी चीन पहिलो अर्थतन्त्र (विश्वकै धनी) मुलुक बन्दैछ । अमेरीकन र युरोपियनहरुको आर्थिक साम्राज्य खोसिएर त्यो एसियामा प्रतिस्थापित हुँदैछ । यही कारण पश्चिमाहरु यतिबेला चीनलाई क्षेत्रीय समस्याहरुमा अल्झाउन चाहन्छन् । त्यसका लागि उनीहरुले दक्षिण एसिया र आसपास तिनवटा रणनीतिक केन्द्र निर्धारण गरेका छन् । एउटा कश्मीर, अर्को तिब्बत र तेश्रो नेपालको मधेश । यी तिन केन्द्रमा लफडा मच्चाउन पश्चिमाहरुले दरो खर्च गरिरहेका छन् ।

कश्मीर मुद्दामा भारत र पाकिस्तानबिच लफडा मच्चाउने र चीनलाई त्यो मुद्दामा फँसाउने, तिब्बत स्वतन्त्रताको माग चर्काउने र मधेशमा गडबडी गराएर सिके राउतदेखि अनेक तत्वलाई फण्डिङ गर्ने । मधेशमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाएपछि मधेश स्वतन्त्रताका लागि जनमत संग्रह गराउने । यसो गर्दा नेपालमा पहाडे र मधीसेबिच चर्को दरार पैदा हुन्छ र यो क्षेत्रमा दुबै पक्षबिच हिंसात्मक भिडन्तको सम्भावना बढाइदिने । जातीय, धार्मिक, भाषिक र हुँदा हुँदा महिला र पुरुषबिच लैंगिक लफडासमेत मच्चाएर हाम्रो देशमा संयुक्त राष्ट्र संघका सेना आउन बाध्य पार्ने र तिनका नाममा अमेरिकनहरुले नेपाललाई बेस बनाएर चीन घेर्ने । नागरिकता विधेयकको चुरो यहाँसम्म जोडिएको छ ।

यहीकारण पश्चिमा डलरमा लडुबुडी गरिरहेका डलरमणी र डलरकुमारीहरु यतिबेला लैंगिक विषय उठाएर नागरिकता विधेयकको वकालत गरिरहेका छन् ।
भारतको दाउ आफ्नै छ । उ चाहिँ मधेशमा भारतपरस्त जनमत निर्माण गर्न चाहन्छ । नेपालको कुल जनसंख्याको ६० प्रतिशत (यसमा मधेशका भारतीय दलाल र नेपाली नागरिकता लिएका भारतीयहरु) भएपछि मधेशबाट चुनिने जनप्रतिनिधिले नेपालको केन्द्रीय सत्तामै बर्चस्व जनाउन पाउँछन् ।

जनसंख्याका आधारमा जनप्रतिनिधि हुनुपर्ने मधेशी नेताहरुको मागको पछाडि यही कारण छ । भारतले मधेशको चाबुकमार्फत नेपाली घोडालाई आफ्नो नियन्त्रण र स्वार्थमा दौडाउन चाहन्छ । र, भारत रुपी घोडालाई चना खुवाएर पश्चिमाहरु आफ्नो चाबुकमा दौडाउन चाहन्छन् र चिनलाई उछिन्ने चेष्टा गरिरहेका छन् । उता ब्राजीललाई यस्तै घोडा बनाइएको छ । यसरी जापान, अष्ट्रेलीया, भारत र अमेरीकीहरु एक गठ भएका छन्, चीनलाई घेर्न । सिके राउतदेखि ओली प्रचण्डहरु सबै यही डिजाइनमा मोहरा भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्