लमजुङ सेवा समाज कतारद्वारा हावाहुरी प्रभावितलाई सहयोग



 

सैघाली खबर-
काठमाडौं । नेपालमा लमजुङ घर भई रोजगारीको सिलसिलामा कतारमा बस्ने नेपालीले बारा र पर्साका हावाहुरी प्रभावितलाई सहयोग गरेका छन् ।

लमजुङ सेवा समाज दोहा कतारले बाराको धर्मनगर र पर्साको कलैयाका हावाहुरी प्रभावितलाई सहयोग बितरण गरेको लमजुङ सेवा समाज दोहा कतारका पूर्व सल्लाहकार कृष्ण बरालले सैघाली खबरलाई बताए ।

३० घरधुरी परिवारलाई ३० हजार बराबरको खाद्यान्न र लत्ताकपडा सहयोग गरेको बरालले जानकारी दिए ।

हयोग हस्तान्तरण कार्यक्रममा बाराको धर्मनगरका वडा अध्यक्ष राजेन्द्र प्रसाद केसरी लगायत समाजका पूर्व सदस्य संजय रेग्मी, लोकदोहोरी गायक रित कुमार श्रेष्ठ, चेतनारायण श्रेष्ठ लगायतको पनि उपस्थिती रहेको समाजले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्