सैघाली खबर
दाङ,१६ भदौ ।महिला बालबालिका तथा समाज कल्याण मन्त्री माननीय आशा खनाल कोइरालाको प्रेस संयोजकमा सुशिला केसि आस्था नियुक्ति हुनु भएको छ । प्रेस सेन्टरका केन्द्रिय सचिव एवं थाहा खबर अनलाईनका सह संम्पादक समेत रहनु भएका केसीलाई मन्त्री कोईरालाले प्रेस संयोजकमा नियुक्त गर्नु भएको हो । २०६४ देखि निरन्तर पत्रकारिता गर्दै आउनु भएकी केसी रेडियो गणतन्त्रको स्टेशन म्यानेजर, तत्कालिन क्रान्तिकारी पत्रकार संघको संस्थापक रहदै निरन्तर रुपमा कामगर्दै आउनु भएको छ । गढवा गाउँपालिका ३ निवासी केसी हाल काठमाण्डौमा रहेको थाहा खबर अनलाईनमा राजनितिक बिटका साथै राजनितिक, सामाजिक र लैङ्गिक बिषयमा कलम चलाउने केसिले साहित्यमा पनि रुचि राख्नुहुन्छ। केसीले थुप्रै कथा कविताहरु समेत रचना गर्नु भएको छ
केसी राजनिति शास्त्र बाट स्नातक उत्तिर्ण गर्नु भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।