राष्ट्रपतिको भ्रमणले राष्ट्रिय उडान अवरुद्ध



-सैघाली खबर-

काठमाडौं । राष्ट्रपतिको चीन भ्रमणका कारण राष्ट्रिय उडानहरु अवरुद्ध भएका छन् ।

पोखरा विमानस्थलबाट बिहान साढे ११ बजेदेखि अहिलेसम्म उडान हुन नसक्दा यात्रु अलपत्र परेका छन् ।

अभियन्ता सरु सुनारले बिहान ११ः३० मा पोखराबाट काठमाडौं आउने यात्रु अहिलेसम्म विमानस्थलमै अलपत्र परेको बताइन् ।

उडानको पर्खाइमा विमानस्थल भित्र र बाहिर बसिरहेका यात्रुहरुले राष्ट्रपतिको उडान हुँदा सर्वसाधारणले सास्ती खेप्नुपर्ने भन्दै आक्रोस पोखिरहेका छन् ।

हेर्नुस् पोखरा विमानस्थलमा उडानको पर्खाइमा रहेका यात्रुहरुः

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्