व्यक्ति हत्याको २२ वर्षपछि हत्यारा पक्राउ



दाङ । जिल्ला प्रहरी कार्यालय दाङले व्यक्ति हत्या गरेको २२ वर्षपछि हत्यारालाई पक्राउ गर्न सफल भएको छ ।

२०५४ साल असोज २५ गते घोराही उपमहानगरपालिका ७ जब्बरपुरका लालध्वज शाही र ध्रुवध्वज शाहीको हत्या गरेका सोही ठाउँका देशु चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

दाङ प्रहरीका प्रवक्ता डीएसपी विनोदविक्रम शाहीका अनुसार चौधरीलाई दाङ जिल्ला अदालतले २०६६ जेठ २० गते २० बर्ष कैद सजाय तोकेको थियोे । उनी हत्या गरेदेखि नै फरार थिए ।

उनलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्