क्षेत्रिय स्तरका खेलाडी समाबेस क्लवलाई सहभागि गराइने



निमु सगंम घर्ती
दाङ, १७ भदौ
दाङ क्रिकेट संघले निश्चित संख्यामा क्षेत्रिय स्तरका खेलाडी समाबेस भएका क्लबहरुलाई मात्र दंगाली टी–ट्वाण्टी क्रिकेट प्रतियोगितामा सहभागी गराउने निर्णय गरेको छ ।

संघको शनिबार घोराहीमा बसेको बैठकले प्रतियोगितामा सहभागी हुन चाहने दाङका क्लबलाई संघले बनाएको नियम भित्र रही यहि भाद्र २४ गते र जिल्ला बाहिरका टिमलाई भाद्र ३१ गते भित्र समुह दर्ता गर्न आग्रह गरेको छ ।

क्रिकेट संघका अध्यक्ष प्रदिप मज्गैयाँको अध्यक्षता बसेको बैठकमा विभिन्न क्लवहरुले प्रतियोगितालाई सफल बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । दाङ क्रिकेट संघको आयोजनामा यहि असोज २१ गतेदेखि हुन लागेको टी–ट्वाण्टी क्रिकेट प्रतियोगिता हुँदैछ ।

प्रदेश नं. ५ मा अहिले सम्मकै सबैभन्दा ठुलो धनराशि १ लाख १० हजार पुरस्कार रहेको प्रतियोगिता हुन लागेको संघले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्