प्रदेश नम्बर २ मा चुनावी माहोल तात्दै, दलहरु उम्मेदवार टुंग्याउन व्यस्त



सैघाली खबर

 

काठमाडौं,१८ भाद्र


तेस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचनको समय नजिकिँदै जाँदा प्रदेश नम्बर दुईका जिल्लाहरुमा चुनावी माहोला तात्दै गएको छ । आगामी असोज २ गते प्रदेश नम्बर दुईका आठवटा जिल्लाका १३६ स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचनका लागि अहिले दलहरुले चुनावी सभा, नाचगान, घरदैलो र मतदातासँगको भेटघाटलाई निरन्तरता दिइरहेका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा र अरु दलका केन्द्रीय नेताहरु नै चुनाव हुने ८ जिल्लामा व्यस्त भएका छन् ।
केन्द्रमा भने उम्मेदवार टुंग्याउन पनि दलहरुले छलफल र बैठकलाई निरन्तरता दिइरहेका छन् । निर्वाचन तालिका अनुसार उम्मेदवार मनोनयनको दिन भदौ २१ गते नजिकिंदै गर्दा दलहरुले छलफललाई अन्तिम रुप दिन लागेको बताएका छन् । गाउँपालिकाको उम्मेदवार धेरै दलहरुले टुंग्याए पनि महानगर, उपमहानगरपालिका र नगरपालिकामा उम्मेदवार टुंग्याउन समय लागेको कतिपय नेताहरुको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्