१ नम्बर प्रदेश २ सय ८९ प्रहरीलाई कार्वाही



काठमाडौं । प्रहरी संगठन विपरीत काम गरेको भन्दै १ नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरले २ सय ८९ प्रहरीलाई कार्वाही गरेको छ । संगठनलाई आँच आउने क्रियाकलाप गरेको भन्दै चालु आर्थिक वर्षको अहिलेसम्म २ सय ८९ प्रहरीलाई कारवाही गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

संगठनमा आर्थिक लेनदेन, अनैतिक सम्वन्ध, मादक पदार्थ सवेन, संगठनको निर्देशन पालना नगर्ने, प्रहरी नियमवाली विरुद्ध काम गर्नेलाई कार्वाही गरेको १ नम्बर प्रहरी कार्यलयका प्रवक्ता डिएपी सिद्धराज न्यौपाने बताए ।

यस्तै आर्थिक प्रलोभनमा परेको, आर्थिक अनुशान भगं गरेको, आन्तरीक अनुशासन भगं गरेकाले उनीहरुलाई कारवाही गरिएको हो । डिआईजी केदार रिजालका अनुसार संगठनमा गल्ती गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कार गर्ने अभियान नै चलाएको छ ।

संगठन केही हदसम्म सुध्रदै गएको बताउँदै उनले संगठनमा आन्तरीक शुद्धिकरण चलीरहने बताए । यो चालु आर्थिक वर्षमा मात्र ४ सय १३ जना राम्रो काम गर्नेलाई सम्मान गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्