श्रीमतीको घाटी रेटेर हत्या गर्ने जयबहादुरका दुई सन्तान सहारा खोज्दै



–सैघाली खबर–
ललितपुर । आफ्नै श्रीमतीको घाँटी रेटी हत्या गरेका ललितपुरका जयबहादुर वाइबाका दुई सन्तानको बिचल्ली भएको छ ।

सँगै सुतिरहेकी श्रीमती ४१ वर्षीया मनकुमारी वाइबाको यही वैशाख १० गते घाटी रेटेर हत्या गरेको आरोपमा बुबा जयबहादुर वाइबा पक्राउ परेपछि उनका दुई सन्तान सहारावीहिन भएका हुन् ।

आमाको हत्या आरोपमा बुबा पक्राउ परेपछि उनीहरुका दुई नाबालक सन्तान ६ वर्षका छोरा सन्देश र १८ महिनाकी छोरी सहाराको खोजीमा छन् ।

भर्खरै तोते बोली मात्र फुटेकी, आमाको दूध चुसिरहेकी छोरीले पटक पटक आमालाई खोजिरहेको छिमेकीले बताए ।

नाबालकका छिमेकीका अनुसार आफ्नै आँखा अगाडी आमाको विभत्स हत्या देखेका छोरा सन्देश पनि घटनाका कारण निकै विक्षिप्त छन् ।

सातदोबाटो प्रहरी कार्यालयका डीएसपी गौतम मिश्रले घटना पश्चात बेसहारा बनेका दाजुबैनीको संरक्षणका लागि सामाजिक संस्थाको खोजी भइरहेको बताए । अहिले उनीहरु छिमेकीको सहारामा रहेको पनि डीएसपी मिश्रले जानकारी दिए ।

श्रीमतीको हत्या गर्ने जयबहादुर वाइबा प्रहरी हिरासतमा छन् ।

वाइबालाई १० गते घटनाकै दिन पक्राउ गरी कर्तव्य ज्यान अन्तरगत मुद्दा दर्ता गराई अनुसन्धानका लागि हिरासतमा राखिएको डीएसपी मिश्रले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको र अनुसन्धान पश्चात जयबहादुरलाई अदालतमा पेश गरिने पनि डीएसपी गौतमले सैघाली खबरलाई बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्