‘अग्निदहन’ हेरेपछि प्रचण्डले भने–कुरीतिविरुद्ध विज्ञानको विजय



–सैघाली खबर–
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्धबिश्वास र कुरुतीविरुद्ध लाग्ने व्यक्तिलाई राज्यले सहयोग गर्नुपर्ने बताएका छन् ।

नेपाली समाजमा धर्म, संस्कृति, परम्परा र रीतिरिवाजका नाममा विद्यमान कुरीति र अन्धविश्वासको अन्त्यका लागि ‘अग्निदहन’ चलचित्र कोसेढुंगा साबित भएको दाहालले बताए ।

‘अग्निदहन’ हेरिसकेपछि प्रतिक्रिया दिँदै दाहालले भने, ‘नेपाली समाजमा इतिहासदेखि नै एकातिर वैज्ञानिक, प्रगतिशील र सकारात्मक संस्कृतिको एउटा धारा छ । अर्कोतिर कुरीति, कुसंस्कार, अन्धविश्वासको अर्को धारा पनि रहँदै आएको छ । यी दुइटाको बिचमा लामो समयदेखि बहस र संघर्षको स्थिति छ’ उनले भने, ‘अहिलेको युगमा बिस्तारै कुरीति, कुसंस्कार र रुढीवादी सोचको विरुद्ध विज्ञान चाहिँ बिजय हुँदै गएको छ ।’

नेपाली समाजमा कलंकका रुपमा रहेको बोक्सी प्रथा विरुद्ध ‘मान्छे बोक्सी हुन्न कहिले’ नामक अभियानले थालेको यो अभियान अत्यन्तै सह्रानीय भएको पनि दाहालले बताए ।

सामाजिक जागरणका लागि अन्धविश्वास विरुद्ध एउटा प्रतिस्ठानले तयार पारेको यो चलचित्रले नेपाली समाजको चेत खुल्ने विश्वास प्रचण्डको छ ।

मान्छेलाई मान्छे हुन नदिने बोक्सी प्रथा जस्तो अन्धविश्वासका विरुद्ध यस्तो सशक्त अभियान थाल्ने व्यक्ति र संस्थालाई राज्यले सहयोग र सम्मान गर्नुपर्नेमा पनि उनले जोड दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्