बलात्कारीलाई १० वर्ष कैद, एक लाख क्षतिपूर्तिको फैसला



–सैघाली खबर–

पाँचथर । आफ्नै नातेदार महिलालाई बलात्कार गर्ने व्यक्तिलाई जिल्ला अदालत पाँचथरले १० वर्ष कैदको फैसला गरेको छ ।

वैशाख १९ गते जिल्ला न्यायाधीश मनोज केसीको इजलासले कसुरदारलाई १० वर्ष कैदको फैसला गरेको हो ।

फैसलामा कसुरदारबाट पीडित महिलालाई १ लाख रुपैयाँ क्षतिपूर्ति समेत दिलाई भराउन आदेश गरेको छ ।

आरोपित ०७५ साउन ३१ गतेदेखि पूर्पक्षका लागि जिल्ला कारागारमा रहेका थिए ।

पीडित महिलालाई कसुरदारले साउन ३ गते बलात्कार गरेको भन्दै साउन ८ गते जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दर्ता गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्