‘विप्लब’का गोरखा जिल्ला इन्चार्ज र सेक्रेटरी पक्राउ



काठमान्डौ। नेत्रविक्रम चन्द (विप्लब) नेकपाका गोरखा जिल्ला इन्चार्ज र सेक्रेटरी पक्राउ परेका छन्।सरकारले प्रतिबन्ध लगाएपछि विप्लब समुहका नेता कार्यकर्ता धमाधम पक्राउ परेका छन्।


विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्ट आइतबार साँझ पक्राउ परेका हुन् । पालुङटार नगरपालिका वडा नं ७ खोलाघाटबाट उनीहरूलाई पक्राउ गरिएको गोरखा जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनीहरूका साथबाट ४ वटा झोला बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ गर्ने क्रममा प्रहरी र सेक्रेटरी भट्टबीच केहीबेर धकेलाधकेल हुँदा दुवै जना घाइते भएको प्रहरीले जनाएको छ। अहिले उनीहरूलाई गोरखा जिल्ला प्रहरी कार्यालयकै नियन्त्रणमा राखिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्