दलित पत्रकारको राष्ट्रिय सम्मेलन हुने



काठमाडौँ । दलित समुदायका पत्रकारहरुको राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल पत्रकार महासंघको दलित समितिले राष्ट्रिय दलित पत्रकार सम्मेलन गर्ने निर्णय गरेको हो ।

महासंघको आइतबार बसेको बैठकले आउँदा जेठ २४ र २५ गते पाल्पामा सम्मेलन गर्ने निर्णय भएको समितिका संयोजक मधु शाहीले जानकारी दिइन् ।

महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, सचिव रेम विश्वकर्मा, उदय जिएमको विशेष उपस्थितिमा बसेको बैठकले पाल्पाको तानसेन नगरपालिकामा सम्मेलन गर्ने निर्णय गरेको हो ।

पत्रकार महासंघ पाल्पा शाखाको आतिथ्यमा हुने दलित पत्रकारको राष्ट्रिय सम्मेलनमा महासंघका ७७ वटै शाखा र १० वटै प्रदेशका प्रतिनिधिको सहभागी हुने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्